नमुना प्रगति सहकारीको शेयर पुँजी २ करोड

हेटौंडा- २ मा रहेको नमुना प्रगति सहकारी संस्था लिमिटेडको शेयर पुँजी २ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा सहकारीको शेयर पुँजी २ करोड ७८ लाख ९५ हजार ३ सय रुपैयाँ रहेको सहकारीको व्यवस्थापक बद्रीप्रसाद भण्डारीले जानकारी दिए ।

ADVERTISEMENT

२ हजार ५ सय ८९ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको जगेडा कोष २ करोड ११ लाख ७५ हजार रुपैयाँ रहेको छ भने कुल निक्षेप २९ करोड ३७ लाख ८९ हजार ७ २२ रुपैयाँ रहेको छ ।

यसैगरी सहकारीको संस्थागत पुँजि २ करोड २० लाख ३७ हजार ८ सय ७२ रुपैयाँ रहेको छ । सहकारीको कुल सम्पत्ति ३७ करोड २७ लाख ५८ हजार ८ सय ३९ रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *