संघको अध्यक्षमा ढकाल र कडेंँलको उम्मेदवारी घोषणा

हेटौंडा, निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्यामसुन्दर ढकाल र बालगोपाल कडेँलले उम्मेदवारीको घोषणा गरेका छन् । शनिबार र आइतबार हेटौंडामा हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्ष रहेका ढकालले आफ्नो समूहको नामावली सार्वजनिक गरेका छन् ।

ADVERTISEMENT

यस समूहबाट पदाधिकारीमा प्रथम उपाध्यक्ष सागर कटुवाल, द्वितीय उपाध्यक्ष बुद्धिराम डिम्डुङ, तृतीय उपाध्यक्ष भीमसेन श्रेष्ठ, महासचिव राजेन्द्र चौलागाईं, उपमहासचिव नीतिगत नवराज पाठक, उपमहासचिव आन्तरिक निर्मल देवकोटा, कोषाध्यक्ष अनल श्रेष्ठ, सहकोषाध्यक्ष प्रकाश लामा ब्लोन रहेका छन् । यस समूहबाट सदस्यमा चेतबहादुर थापा, लक्ष्मण सापकोटा, सविन क्षेत्री, कुमार पोखरेल, भरत सापकोटा, सहदेव गौतम, नवीन जोशी तथा राजनप्रसाद बोलखे रहेका छन् ।

४ वर्ष कार्यसमिति सदस्य, ५ वर्ष कोषाध्यक्ष, ४ वर्ष महासचिवहुँदै ३ वर्षदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका ढकाल पछिल्लो समय निर्माण व्यवसायीका लागि अनुकुल वातावरण बन्दै गएको बताए । नयाँ दररेट निर्धारण हुनु, व्यवसायीले ५ वटा मात्रै ठेक्का सम्झौता गर्न पाउने व्यवस्थाले व्यवसायीलाई निर्माणको कार्य गर्न अनुकुल भएको दावी ढकालको छ ।

ADVERTISEMENT

यता अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका कडेँलले पत्रकार सम्मेलन मार्फत निर्माण व्यवसाय क्षेत्रको समस्या र सम्भावनालाई नजिकबाट बुझेको बताउँदै आफू अध्यक्ष पदमा निर्वाचित भएपछि निर्माण व्यवसाय क्षेत्रको समस्या समाधान गर्दै यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरे । कडेँलले निर्माण व्यवसायीको हितमा कार्य गर्ने, संस्थाको गरिमालाई उच्च पार्ने र संस्थागत एवं व्यवसायिक हितमा काम गर्ने उल्लेख गरे । उनले सहमतिमा नेतृत्व चयन हुने सम्भावनाका कारण प्यानल घोषणा नगरिएको र सहमति नभएको अवस्थामा निर्वाचनमा जान पनि आफू तयार रहेको बताए । कडेँलले यसअघि संघको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका स्मरण गर्दै यसपटक पनि सर्वसम्मत चयन हुनेमा विश्वास व्यक्त गरेका छन् ।

२०५२ सालदेखि निर्माण व्यवसाय क्षेत्रमा संलग्न रहेका कडेँल २०५८ सालमा निर्माण व्यवसायी संघको कार्यसमिति सदस्य भएका थिए । मेरिना कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष समेत रहेका कडेँलले हालसम्म संघको तृतीय, द्वितीय र प्रथम उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *