ब्याडमिन्टनमा सुजन र जितेन्द्र, सटपुटमा अनिशा प्रथम

हेटौँडा, हेटौँडा क्याम्पसमा बिहीबार ब्याडमिन्टन र सटपुट प्रतियोगिता सम्पन्न भएको छ। शिक्षा शास्त्र सङ्काय, स्नातक तेस्रो वर्ष स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम अन्तर्गत आयोजना गरिएको प्रोजेक्ट प्रतियोगितामा छात्र–छात्राहरुले सहभागिता जनाएका थिए।

ADVERTISEMENT

ब्याडमिन्टन प्रतियोगितामा सुजन बोगटी र सुमन अछामीको समूहले प्रथम स्थान हासिल गरेको छ भने जितेन्द्र साह र विराज सिंतानको समूह दोस्रो भएका छन्। साथै, छात्राहरुबीच आयोजना गरिएको सटपुट प्रतियोगितामा अनिशा चुनी मगर प्रथम, अञ्जना वाइबा दोस्रो र सजिना गोले तेस्रो भएका छन्। सटपुट प्रतियोगिताकी प्रथम स्थानधारी अनिशा चुनी मगरले २५।४ फिट दूरीसम्म छेलो फालेर उत्कृष्ट प्रदर्शन देखाएकी थिइन्।

विजयी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा टीका लगाएर सम्मान गरिएको थियो। पुरस्कार वितरण समारोहको अध्यक्षता प्रोजेक्ट मिट सञ्चालन समिति अध्यक्ष सदीक्षा भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख बालकृष्ण शर्मा घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने सहायक क्याम्पस प्रमुख मनोज पोखरेल, प्राध्यापक संघका सभापति सञ्जय कुमार बस्नेत, विषय शिक्षक दिपेन्द्र ढकाल र डा। विजय नेपाल लगायतले आतिथ्यता प्रदान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *