हेटौंडा, नेकपा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त भएका छन्। संसदीय दलका नेता जगन्नाथ थपलियाले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।
बिहीबार संसदीय दलको कार्यालय, हेटौंडामा आयोजित कार्यक्रममा नेता थपलियाले श्रेष्ठलाई औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरेका थिए। एमाले संसदीय दलको विधान, २०७७ को दफा १३ अनुसार साउन २० गतेको निर्णयअनुसार उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो।
श्रेष्ठ मकवानपुर क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। यसअघि उनी प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन्।







