थाहा ३ का विकेशको व्यवसायिक भेडे खुर्सानी खेती

हेटौंडा, थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोपाली गाउँका कृषक विकेश गोपालीले व्यवसायिक रूपमा सुरु गरेको भेडे खुर्सानी खेती यतिबेला बजारिकरणको चरणमा पुगेको छ। लामो समयदेखि कृषिमा सक्रिय गोपालीले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र आम्दानी बढाउने लक्ष्यसहित खेती थालनी गरेका हुन्।

ADVERTISEMENT

विकेशले बारीको ठूलो क्षेत्रफलमा भेडे खुर्सानी खेती गर्दै आएका छन्। हाल पाकेका रातो खुर्सानी टिपिसकिएपछि स्थानीय बजारसँगै काठमाडौँ उपत्यकामा आपूर्ति गर्न तयारी गरिएको छ। “स्थानीय बजारसँगै काठमाडौँमा पनि पठाउने योजना बनाएका छौँ,” गोपालीले बताए।

उत्पादन सन्तोषजनक भएको र माग समेत उच्च रहेकोले आगामी वर्ष खेतीको क्षेत्रफल थप विस्तार गर्ने तयारीमा रहेको गोपालीले जानकारी दिए। साथै, भेडे खुर्सानीबाट सुकुटी र अचार उत्पादन गर्ने योजनासमेत अघि बढाइएको उनले बताए।

ADVERTISEMENT

उनको यो व्यवसायिक प्रयासले गाउँमा कृषिको सम्भावना उजागर गर्नुका साथै अन्य कृषकलाई पनि प्रेरणा दिएको देखिन्छ। यस्ता कृषि उद्यमलाई थप प्रभावकारी बनाउन स्थानीय तह र कृषि कार्यालयको सहकार्य आवश्यक देखिन्छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *