नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथमलाई नगद ५० हजार

हेटौँडा, सिद्धार्थ माध्यमिक विद्यालयको बाल सञ्जालको आयोजनामा यही २०८२ माघ ६ गते नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिनेछ।

हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूलाई सहभागी हुन पत्राचार गरिएको आयोजकले जनाएको छ।

प्रत्येक विद्यालयबाट कम्तीमा एक छात्रासहित तीन जना विद्यार्थीको टोली सहभागी गराउन अनुरोध गरिएको छ। प्रतियोगिताका लागि टिम दर्ता निःशुल्क रहेको हाजिरी जवाफ उपसमिति संयोजक बालकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टोलीलाई २५ हजार, तृतीयलाई १५ हजार तथा सान्त्वना पुरस्कारस्वरूप ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। नगद पुरस्कार हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ को वडा कार्यालयको सहयोगमा प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *