हेटौँडा, हेटौँडा–६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औँ स्थापना दिवस बुधबार हेटौँडामा मनाएको छ ।
स्थापना दिवसको अवसरमा सहकारीले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थागत विकास उपसमितिको संयोजक राजकुमार कायस्थको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।
नव वर्ष २०८३ सालको भित्तेपात्रो वितरण संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठद्वारा वितरण गरिएको थियो ।







