हेटौंडा अटोमोबाइल्स एसोसिएसनको आयोजना तथा सीएमसी अस्पताल हेटौंडाको प्रायोजनमा हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाको नियमित कार्यक्रमअन्तर्गत आयोजित १२औँ संस्करणको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन्।
हेटौंडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धर्मराज धिमालको सभाध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह राणाभाटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सीएमसी अस्पताल हेटौंडाका प्रतिनिधि पुरुषोत्तम न्यौपाने, अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य दामोदरप्रसाद अटल र मकवानपुर सहकारी अस्पताल हेटौंडाका अध्यक्ष नरोत्तम दाहालको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा मन्तव्य राख्दै अतिथिहरूले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा उल्लेख गर्दै यस्ता सामाजिक तथा परोपकारी गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
संस्थाका उपाध्यक्ष गोपीराम बन्जाराको स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियाे भने कार्यक्रमको सञ्चालन महासचिव सञ्जयकुमार गुप्ताले गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका सल्लाहकार, पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा साधारण सदस्यहरूको उपस्थिति रहेको थियो।







