थाहानगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जारी, जनकल्याणलाई १० स्वर्ण

थाहा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा जारी राष्ट्रपति रनिङशिल्ड शिल्ड प्रतियोगिता तथा चौथो मेयर कप भलिबल प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयले यो समाचार तयार पार्दा सम्म १० स्वर्ण जित्न सफल भएको छ ।

ADVERTISEMENT

थाहा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा जनकल्याणले १० स्वर्ण, ८ रजत र ४ काश्य जित्न सफल भएको छ । त्यसैगरी झम्केश्वरी माध्यमिक विद्यालयले ४ स्वर्ण र ३ काश्य, बज्रबाराही माध्यमिक विद्यालयले ४ स्वर्ण, नाट्यश्वर माध्यमिक विद्यालयले ३ स्वर्ण र २ रजत जित्न सफल भएको छ ।

यसैगरी सुनौलो माध्यमिक विद्यालयले २ स्वर्ण र २ रजत, मत्स्यनारायण मा.विले ४ रजत र ४ काश्य, हिमालयन बोर्डिङले १ रजत, पालुङ भ्यालि हार्टले १ काश्य, बागेश्वरी मा.विले १ स्वर्ण, १ रजत , ३ काश्य जितेको छ । चित्लाङको स्वच्छन्द भैरव माध्यमिक विद्यालयले १ काश्य, सरस्वती मा.विले १ स्वर्ण, सुन्दरीदेवी मा.विले १ स्वर्ण र १ कास्य, इन्द्रायणी मा.विले १ काश्य जित्न सफल भएको छ ।

ADVERTISEMENT

थाहा नगरमा रहेका १६ विद्यालयले सहभागिता जनाएको प्रतियोगिता आज आइतबार सम्म सञ्चालन हुने छ । उक्त प्रतियोगितामा ३ वटा विद्यालयले कुनै पनि पदक प्राप्त गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *