हेटौंडा, ११ असार/नेपाल डेरी एशोसिएसनको अध्यक्षमा प्रल्हाद दाहाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार र शनिबार हेटौंडामा भएको नेपाल डेरी एशोसिएसनको २२ औँ वार्षिक साधारणसभा तथा ८ औँ राष्ट्रिय महाधिवेशनबाट दाहालको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी निर्माण भएको छ ।

संघको निवर्तमान अध्यक्ष राधाकृष्ण सापकोटा पदेन सदस्य, वरिष्ठ उपाध्यक्ष राजन चिमरिया, प्रथम उपाध्यक्ष दीपप्रसाद धमला, द्वितीय उपाध्यक्ष कर्ण बहादुर हमाल, तृतिय उपाध्यक्ष रेशम बहादुर खड्का, चौथो उपाध्यक्ष मनोजकुमार घिमिरे चयन भएका छन् । यसैगरी महासचिवमा हेमचन्द्र खनाल, उपमहासचिवमा विजय प्रसाद चौरसिया, कोषाध्यक्षमा दयाराम भण्डारी, सचिवमा शिवहरी आचार्य, सहकोषाध्यक्ष रामभक्त दाहाल, सहसचिव शिव भुषाल चयन भएका छन् ।

एशोसिएसनको कार्यसमिति सदस्यमा १४ जना रहेका छन् भने नेपाल डेरी एशोसिएसन प्रदेश कमिटीका अध्यक्ष केन्द्रको पदेन सदस्य रहने छ । एशोसियसनको वरिष्ठ सदस्यमा एक जना पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले नेपाल डेरी एसोसिएसनको महत्व दर्शाउँदै नयाँ टीमलाई सफलताको बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नव निर्वाचित अध्यक्ष दाहालले प्रतिवद्धता व्यक्त गर्दै संस्थाका अग्रजहरुको साथ लिंदै समग्र डेरी क्षेत्रको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।







