बागमती प्रदेशमा ३० वटा पशु स्वास्थ्य क्लिनिक बन्दै

हेटौंडा, बागमती प्रदेश सरकारले प्रदेशभित्र पशु स्वास्थ्य सेवा पुग्न नसकेका ३० स्थानमा पशु स्वास्थ्य क्लिनिक स्थापना गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यहि आर्थिक बर्ष भित्रमा सिन्धुपाल्चोकमा ३ वटा, धादिङमा ४ वटा, काभ्रेमा ५ वटा, चितवनमा ४ वटा, दोलखामा ३ वटा, रामेछापमा २ वटा, सिन्धुलीमा २ वटा, नुवाकोटमा १ वटा, मकवानपुरमा ३ वटा, रसुवामा २ वटा र ललितपुरमा १ वटा क्लिनिक स्थापना गर्न तयारी थालेको मन्त्रालयका सूचना
अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

ADVERTISEMENT

मन्त्रालयले एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रमअन्तर्गत पहिलो चरणमा ३० वटा क्लिनिक स्थापना गर्न लागेको हो । पशुपन्छीको संख्या बढी भएको ठाउँ र भेटेरिनरी विज्ञ केन्द्रको पहुँचबाट टाढा रहेका गाउँमा क्लिनिक स्थापना हुने उनले बताए। ‘क्लिनिकमा एक जना पशु स्वास्थ्य प्राविधिक सहितका कर्मचारी रहनेछन्।’ अधिकारीले भने, ‘यहाँबाट पशुपन्छीको सबैखालको उपचार सेवा उपलब्ध हुनेछ ।’ क्लिनिक स्थापना भएपछि प्रदेशका विकट ग्रामिण भेगका किसान लाभान्वित हुने उनले बताए ।

नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री केशबप्रसाद पोखरेलले एक साता अघि आÇनो कार्यकालमा गरिने कामहरुको प्रतिबद्धता सार्वजनिक गर्दै एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रमलाई आगामी ५ बर्ष भित्रमा सबै वडामा सञ्चालनमा ल्याईने बताएका थिए ।

ADVERTISEMENT

गएको जेठ १६ गते बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा पशु स्वास्थ्य तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालनमा ल्याइने उल्लेख गरिएको थियो ।
(स्रोतः अनलाइन खवर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *