हेटौंडा, हेटौंडामा जारी शहीद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनल संस्करण पूरा भएको छ । हेटौँडा ५, स्थित पिप्लेक्याम्पा रंगशालामा जारी गोल्डकप अन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पाले फ्रेन्डस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल पुग्ने ४ टोलीको टुङ्गो लागेको हो ।
शेर्पाले अब सेमिफाइनलमा क्यामरूनी टोली एभिनियरसँग फाइन प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको क्वाटरफाइनल खेलमा शेर्पाका लागि दोस्रो हाफको ३ मिनेटमा अमृत श्रेष्ठले गोल गरि खेलमा अग्रता दिलाएका थिए । फ्रेन्डस एन्जल महर्जनले २३ औं मिनेटमा गोल फर्कएर खेललाई बराबरीको स्थितिमा ल्याए । ३७ औं मिनेटमा शेर्पाका बिश्वास श्रेष्ठको गोल निर्णायक बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
सेमिफाइनल खेल अन्तर्गत आज मनाङ मस्र्याङदी र एपिएफको बीच रहेको छ । क्वाटरफाइन खेलमा मनाङले आयोजक मकवानपुरलाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने एपिएफले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मीलाई ट्राई बेकरमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड ९बुलेट मोटरसाइकल० तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।







