हेटौंडाः भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानको अध्यक्षमा केशवलाल श्रेष्ठ चयन भएका छन् । शनिबार हेटौंडामा भएको साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा श्यामकुमार बानियाँ, महासचिवमा छवि अनित्य, सचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा माधव पोखरेल चयन भएका छन् । यस्तै प्रतिष्ठानको सदस्यमा विकेशलाल श्रेष्ठ, विनिता महत, प्रलय चौलागाई, गोपिनी गौतम, रमेश गहतराज र पुरणविक्रम अधिकारी चयन भएका छन् ।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष ह्यग्रीव आचार्यको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।