गैरसरकारी संस्था महासघंको अध्यक्षमा सापकोटा

हेटौंडा, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा रमिला सापकोटा चयन भएकी छिन् । महासंघको ९औ अधिवेशनबाट सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

ADVERTISEMENT

महासंघको उपाध्यक्षमा कुमारी वाइबा, सचिवमा सन्तोष पौडेल, सहसचिवमा गोकर्ण तिवारी, कोषाध्यक्षमा लक्ष्मी मोक्तान चयन भएका छन् ।

यसैगरी सदस्यमा अन्जनप्रसाद पौडेल, लक्ष्मी श्रेष्ठ, बिष्णु धिताल, सौजन डिसी, सन्दिप शाक्य, सम्राट सिल्वाल, बालकुमारी डल्लाकोटी, सबिना न्यौपाने, कल्पना बि क र शान्ति स्याङवो रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *