बागमती सरकारमा एमाले सहभागी, नेता थपलियाद्वारा शपथ

हेटौँडा, बागमती प्रदेश सरकार विस्तारको गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार मन्त्रिपरिषद् विस्तार, पुनर्गठन र कार्यविभाजन गरेका हुन्।

प्रदेश प्रमुख शर्मासमक्ष प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा ९एमाले०का संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्री पदको शपथ लिए ।

प्रदेश सभाको दोश्रो कार्यकालमा दोश्रो पटक मन्त्री बन्नुभएका थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले दोश्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

यसअघि बिहीबार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेको थियो ।

विश्वासको मतका लागि सङ्ख्या जुटाउन लाग्दै आउनुभएका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा बज्राचार्य मन्त्री बनेसँगै नयाँ बनेको समीकरणका लागि विश्वासको मतका लागि बहुमत पुग्नेछ ।

मुख्यमन्त्री दाबी गर्दै आउनुभएका बज्राचार्य मन्त्री बनेसँगै दुई जना प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीमा विवाद सिर्जना भएको छ ।

हाम्रो नेपाली पार्टीले चैत १३ गते मात्र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभामा पठाएको थियो । थपलिया र बज्राचार्यको मन्त्रीमा नियुक्तिपछि कांग्रेसका मन्त्रीले राजीनामा दिएका चार मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले सम्हालेका छन् ।
(स्रोतः गोरखापत्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button