बिर्खे अन्जानको ‘कठघरामा देश’ विमोचन

हेटौंडा, मुक्तककार बिर्खे अन्जानको मुक्तक संग्रह ‘कठघरामा देश’ शुक्रबार विमोचन भएको छ । मुक्तक मञ्च मकवानपुरको आयोजनामा शुक्रबार साहित्य संगमको सभाहलमा मुक्तक संग्रह विमोचन गरिएको हो । मुक्तक वाचन नवौँ शृंखला अन्तर्गत मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्ताैलाको सभाध्यक्ष तथा रौतहटका वरिष्ठ मुक्तककार हरिकृष्ण काÇलेको प्रमुख आतिथ्यमा कृति विमोचन भएको हो ।

ADVERTISEMENT

समीक्षक तथा मुक्तककार विश्वनाथ सञ्जेलले बिर्खे अन्जानलाई विद्रोही चेत र भुइँमान्छेको विषयलाई उठान गर्ने मुक्तककारको रुपमा परिचित गराएका थिए ।

शल्यक्रिया पहिलो कृति भएपनि मुक्तक संग्रहमा कठघरामा देश पहिलो कृति भएको उनले बताए । कार्यक्रममा सागर तिमल्सिना, सुवास सजललगायतले अन्जानका मुक्तक वाचन गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिललगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya