हेटौंडा, पाठ्यक्रममा आधारित भई प्रयोगात्मक सिकाईलाई जोड दिदै आइरहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा नवोदय ‘फेष्टा’ कार्यक्रम आयोजना गरेको छ ।
विद्यालयको प्राङ्गणमा स्टल राखी कक्षा ३ का विद्यार्थीहरुले वर्षभरि गरेका गतिविधि र परियोजनाहरु प्रर्दशनी गरेका थिए । फेष्टा कार्यक्रममा खानाका स्टलहरु, गेमिङ जोन र फोटो बुथहरु राखिएको थियो । विद्यार्थीहरूले पैसा गणनामा बहुमूल्य अनुभव प्राप्त गर्नुका साथै नाफा र मार्केटिङका सीपहरूको बारेमा सिक्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको कक्षा ३ का संयोजक सोहिता भट्टराईले जानकारी दिइन् ।
कार्यक्रममा ९ वटा स्टल राखिएको थियो ।