क्याम्पसको स्ववियु अध्यक्ष लामाले गरे पदभार ग्रहण

हेटोंडा, मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष छोइसाङ लामाले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित लामाले आइतबार बिहान स्ववियु निर्वाचन समितिले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण, शपथ ग्रहण गराएपछि पदभार ग्रहण गरेका हुन् ।

ADVERTISEMENT

क्याम्पसको स्ववियु निर्वाचनमा लामाको अध्यक्षतामा ११ सदस्यीय समिति प्रत्यक्ष निर्वाचित भएको थियो भने १० जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन् । २१ सदस्यीय समितिमा उपाध्यक्ष र सह–सचिव निर्वाचित सदस्यहरुमध्येबाट चयन हुनेछ । लामा गत चैत्र ५ गते भएको निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट उम्मेदवार बनेका थिए । उनले अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका नवराज शर्मा पौडेललाई पराजित गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यक्ष, स्ववियुका निवर्तमान अध्यक्ष कुमारबहादुर केसीलगायतको सहभागीता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya