हेटौंडा, नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले भीमफेदी कारागारमा रहेको अवस्थामा मृत्युु भएका मनहरीका समीर परियारको परिवारलाई खाद्यान्न र नगद सहयोग गरेका छन् ।
बानियाँले मनहरी-६ लोथरस्थित समिरको परिवारलाई चामल २ बोरा र नगद ५ हजार सहयोग गरेका हुन् । समिरको कारागारमा बेहोस भएपछि हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्युु भएको थियो ।
त्यस्तै बानियाँले आगलागी प्रभावित ३ परिवारलाई पनि सहयोग गरेका छन् । मनहरी ६ फरिवाङ्गका आगलागी प्रभावितलाई प्रति परिवारलाई ४ बोराको दरले १२ बोरा चामल र नगद २ हजारको दरले ६ हजार रूपैयाँ सहयोग गरेका छन् ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी ६ का वडा अध्यक्ष यादव थपलिया, कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामा, जिल्ला सदस्य नुरोज पौडेल लगायतको उपस्थिति रहेको थियो ।






