बागमती प्रदेश खेलकुदका लागि रग्वी खेलाडी छनौट

हेटौंडा, प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि मकवानपुरबाट रग्वी खेलाडी छनौट भएका छन् ।

ADVERTISEMENT

हेटौंडामा भएको प्रारम्भिक छनौटबाट महिला र पुरुष रग्वी खेलाडीको छनौट गरेको हो । महिलातर्फ १२ र पुरुषतर्फ १३ खेलाडी छनौट गरिएको रग्वीका प्रशिक्षक मधु आले मगरले जानकारी दिए । महिला तर्फ सुश्मा पाख्रिन, विपसा योन्जन, सन्जिता भोम्जन, छिसाङ जिम्बा, सुजिता महर्जन, ज्योति बोम्जन, श्रीषा लोप्च्न, कमली माया मोक्तान, लक्ष्मी गोले, मनिषा घिसिङ, अस्मिता योन्जन र पूजा योन्जन रहेका छन् ।

यसैगरी पुरुषमा बिराज लामा, बिशेक बछार, बिक्रम भारती, बिराज विश्वकर्मा, विकास गुरुङ भोम्जन, अर्जुन पराजुली, अभिसेक थापा, अनिश तामाङ, सुजल लोप्चन, बिकल भोलन, अबी राई, प्रकाश बर्तौला रहेका छन् भने अजय महतो बैकल्पिकमा रहेका छन् । प्रदेश खेलकुद विकास परिषद्ले अघिल्लो वर्षबाट सुरु गरेको प्रदेश खेलकुद प्रतियोगिता यो वर्ष पनि गर्ने तयारी छ । यद्यपी प्रतियोगिताको मिति भने तय भैसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *