किताब

ज्ञान दिन्छ मलाई किताबको पानाले
राम्रो पढ छोरीले भन्नु हुन्छ आमाले
सिकाउँछ मलाई बनाउँछ पडन्ते
रमाउँछु म पढ्दा हरेक पानाले

ADVERTISEMENT

ठुलो बन्न सिकाउँछ बढ्छ ज्ञान पनि
मिलाएर राख्नुपर्छ च्यात्न हुन्न अनि
जताततै हुन्छ यो नदेखेता पनि
सबैले किन्छन् यसलाई पढ्नु पर्छ भनि

हिँड्दै हिँड्दै जान्छु म पसलमा किन्न
धेरै थरी हुन्छन् यो सबै भिन्न भिन्न
कसैलाई किन्न यो गारो परेको हुन्छ
सबैले किन्न सक्ने मुल्य बनाउँनु पर्छ

नाम: आभा पोखरेल
टोरोन्टो, क्यानडा

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *