आज राती १२ बजेबाट प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा, बागमती प्रदेशको हिउँदे अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले वाग्मती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

ADVERTISEMENT

प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम बैठक गत पुस १८ गतेदेखि सुरु भई पटक–पटक गरी आज राति अन्त्य हुने भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *