बाबा


खल्ती रित्तो भएपनि मैले नाई भनेको सुनेकी छैन
मेरो बाबा भन्दा अरु धनि मान्छे मैले देखेकै छैन

ADVERTISEMENT

घरको एक एक इट्टामा बाबाको खुन र पसिना
सबै घरको खुसी अनि, सबै घरको साना हो मेरो बाबा

सबै धन दौलत र मायाको खानी छ मेरो बाबासँग
त्यसैले त म भन्छु मैले मेरो बाबा भन्दा अरु धनि मान्छे देखेकै छैन

मेरो हौसला, मेरो इज्जत, मेरो सहास, मेरो बाबा
मलाई हिम्मत आट दिने मेरो अभिमान हो मेरो बाबा

मेरो आशुमा पोखिने, मेरो भावनामा मिसिने मेरो बाबा
मेरो अस्तित्वलाई अर्थ दिने मेरो हत्केलामा सजिदिने मेरो प्यारो बाबा
नाम : कृति पाण्डे
कक्षा: ९
बालजागृति इंग्लिस सेकेण्डरी स्कूल

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *