रिजाललाई हास्यव्यंग्य साहित्य पुरस्कार

हेटौंडा, मकवानपुरे साहित्यकार आरसी रिजाल विराटनगरमा पुरस्कृत भएका छन् । सावित्रादेवी–अच्युतप्रसाद खतिवडा साहित्य सेवा प्रतिष्ठान विराटनगरले २०७९ सालको सावित्रादेवी–अच्युतप्रसाद खतिवडा हास्यव्यंग्य साहित्य पुरस्कार रिजाललाई प्रदान गरेको हो ।

ADVERTISEMENT

२१ हजार रुपैयाँ राशीको पुस्कारबाट रिजाल पुरस्कृत भएका हुन् । नेपाली हास्यव्यंग्य विधामा चार दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि रिजाललाई पुरस्कार प्रदान गरिएको आयोजकले बताएको छ ।

यसअघि साहित्यकार लक्ष्मण नेवटिया र कलाकार पारस थापालाई यो पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *