पिकअपको ठक्करबाट बालकको मृत्यु

हेटौंडा, हेटौंडामा पिकअपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार बिहान हेटौंडा ११ नमूनाचोक स्थित भित्री सडकखण्डमा सिमलटारबाट हेटौैंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नं.को बोलेरो पिकअप गाडीले ठक्कर दिँदा स्थानीय सुमी डिम्डुङको २ वर्षीय छोरा समर लो को मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते भएका उनको उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button