श्रमिक सहकारी संस्थामा दूध संकलन बैंक स्थापना

हेटौंडा, मकवानपुरगढी गाउँपालिका ३ मा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेडको परिसरमा दूध बैंक स्थापना गरी सोमबार उद्घाटन गरेको छ । प्रदेश दुग्ध विकास बोर्ड, हेटौंडाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम अनुसार दुध संकलन बैंक स्थापना कार्यक्रम अन्तर्गत श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेडको परिसरमा दूध संकलन बैँक स्थापना गरिएको हो।

ग्रामीण क्षेत्रमा उत्पादित दूध समयमा नै बजार वा चिस्यान केन्द्रमा पुर्याउन नसक्दा दूधको गुणस्तरमा ह्रास आउने, कृषकहरुलाई आर्थिक क्षति पुग्ने तथा उपभोक्ताहरु गुणस्तरीय दूधबाट बन्चित हुने कुरालाई मध्यनजर गर्दै त्यस्ता क्षेत्रमा कृषकहरुबाट उत्पादन हुने दूधलाई तोकिएको तापक्रममा चिसो पारी भण्डारण गर्ने र दूधको गुणस्तर कायम राखी बजारसम्म पु¥याउने उद्देश्यले दूध संकलन बैंक स्थापना गरेको हो । सहकारी संस्थाले ५०० लिटर क्षमताको चिलिङ भ्याट प्राप्त गरेको छ। सहकारी संस्थाले दूधको ढुवानी प्रयोजनको लागि ४० लिटर क्षमताको स्टेनलेस स्टिल क्यान समेत प्राप्त गरेको छ।

यस कार्यक्रमबाट ग्रामीण भेगमा पशुपालन गरी दूध उत्पादन गरिरहेका कृषकहरु लाभान्वित हुने भएकाले कृषकहरु उत्साहित रहेको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीका बल्दव सापकोटाले बताए । प्रदेश दुग्ध विकास बोर्डको चालु आर्थिक वर्षमा बागमती प्रदेशको १३ वटै जिल्लामा गरी कूल २५ वटा दुग्ध संकलन बैक स्थापना गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button