प्रहरी कार्यालयमा स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा

हेटौंडा, घटनास्थलमा प्रहरी पुग्न ढिलाइ भएको आरोप लाग्दैआएका बेला छिटो सेवा दिन जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ । प्रहरी घटनास्थलमा पुग्न र जनगुनासो तत्काल सम्बोधन गर्न जल्ला प्रहरी कार्यालय मकवानपुरमा बुधबारबाट स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याइएको हो ।

ADVERTISEMENT

सूचना प्रदान गर्ने स्रोत वा पिडीतसंग प्रहरीको भेट छिट्टो गर्ने गरी स्मार्ट कन्ट्रोल रुम संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । ‘अब १०० मा फोन नलाग्ने, कुनैपनि घटनाको विषयमा जानकारी नै ढिला आउने, घटनास्थलमा समयमै प्रहरी नपुग्ने समस्या समाधान हुनेछ’, प्रहरी उपरीक्षक गौतमले भने, ‘स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा आएसँगै मकवानपुरमा हुने घटना, दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती हुनेछ । यसअघि काठमाडौंमा मात्र स्मार्ट कन्ट्रोल रुम रहेको जानकारी दिइएको छ ।’

स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गर्दै प्रहरी उपरिक्षक गौतमले घटना बारे सूचना दिने समयमा प्रहरीको फोन नलाग्ने, घटनास्थलमा समयमै प्रहरी नपुग्ने जस्ता जनगुनासोलाई सम्बोधन गर्दै घटनास्थलमा प्रहरीको उपस्थिती समयमा नै गर्ने सहजता प्रदान हुने उनले बताए । सूचना प्रविधिको पहुँचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना, दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती रहन सहयोग पुग्ने उनले बताए । प्रहरी उपरीक्षक गौतमले हाललाई ४ वटा फोन र कम्प्युटरको प्रयोगबाट स्मार्ट कन्ट्रोल रुम सेवाको सुरुवात गरिएको बताए । केही दिनमा यससँग सम्बन्धीत एपबाट थप सेवा सुरु गरिने उनले बताए ।

‘प्रहरीको १०० मा फोन गर्दा पहिले एक जनाले मात्र फोन गर्न मिल्थ्यो भने अहिले ४ जनाले फोन गर्न मिल्छ । शान्ति सुरक्षालाई थप चुस्त बनाउन स्मार्ट कन्ट्रोल रुम प्रभावकारी रहन्छ । तत्काललाई पुरानो भवनमा एउटा कोठामा ४ वटा फोन र २ कम्प्युटरको प्रयोग गरी स्मार्ट कन्ट्रोल रुम संचालनमा ल्याएको छ । स्थानीय तह, प्रदेश सरकारसंग समन्वय गरेर कन्ट्रोल रुमलाई थप व्यवस्थित र प्रविधीयुक्त बनाउने योजना छ ।’ प्रहरी उपरीक्षक गौतम भने ।

प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमबाट हुने फाइदा र यसको प्रयोगको बारेमा जानकारी गराएका थिए । प्रहरी समक्ष प्राप्त घटनाहरुको सूचनालाई एप मार्फत सिस्टममा इन्ट्रि गरेर तत्काल प्रहरी परिचालन र फलोअपका लागि स्मार्ट कन्ट्रोल रुम महत्वपूर्ण रहेको उनले बताए । कुनैपनि घटनाका पीडित वा समस्यामा परेका व्यक्तिलाई तत्काल सेवा दिनका लागि स्मार्ट कन्ट्रोल रुम सहयोगी हुने उनको दावी थियो । फोनबाट जानकारी टिपाएको आधारमा कन्ट्रोल एपमा जानकारी गराएर तुरुन्तै प्रहरी खटाउन सकिने उनले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *