भोलिबाट हेटौंडामा अन्तर विद्यालय जुनियर तेक्वान्दो प्रतियोगिता

हेटौंडा, श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलको आयोजनामा भोलिबाट हेटौंडामा प्रथम अन्तर विद्यालय जुनियर तेक्वान्दो प्रतियोगिता हुने भएको छ । विहीबार विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी भदौ २९ र ३० गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन केसीले राष्ट्रिय तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा संस्थागत र सामूदायिक विद्यालयका २० वटा विद्यालयका २ सय भन्दा बढी विद्यार्थीको सहभागीता रहने बताए । ‘विद्यार्थीहरुको भौतिक विकासको लागि खेलकुदले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । पढाइसँगसँगै समाज परिवर्तन खेलले पनि गर्दछ ।’ उनले भने –‘बालबालिकाहरुलाई अतिरिक्त कृयाकलापमा सहभागि गराएर शारिरीक रुपमा स्वस्थ बनाउने उदेश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागेका हौँ ।’

प्रतियोगिता विश्व तेक्वान्दो महासंघको नियम अनुसार खेलाईने साथै कालो पेटी प्राप्त गरेका खेलाडीलाई सहभागि नगराईने राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष मदन श्रेष्ठले बताए । प्रतियोगिताकै क्रममा सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको समन्वयमा छात्राहरुलाई यौनजन्य दब्र्यवहार बिरुद्धको सचेतना तथा आत्मरक्षा तालिम समेत प्रदान गरिने छ । केन्द्रका अध्यक्ष राम बिष्टले पछिल्लो समयमा बालिकामाथि यौनजन्य दब्र्यवहारहरु बढ्दै गएकोले प्रतिकारका लागि केन्द्रले आत्मरक्षा तालिम प्रदान गर्न लागेको बताए । प्रतियोगिता सञ्चालनका लागि करीब ३ लाख लागत लाग्ने प्रतियोगिताका संयोजक रोशिक श्रेष्ठले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *