हेटौंडा, हेटौंडा–२ मा रहेको बालजागृति अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा हेटौंडामा हुन लागेको प्रथम स्क्रयाबल अभिमूखीकरण कार्यक्रमको तयारी पूरा भएको जनाएको छ ।
शब्दमार्फत खेलिने स्क्रयाबल खेलको बारेमा जानकारी गराउने उद्देश्यले असार १५ गते आयोजना गर्न लागेको कार्यक्रमको बारेमा आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ ।मकवानपुर जिल्लामा पहिलो पटक आयोजना हुन लागेको कार्यक्रममा जिल्लाका सामूदायिक तथा संस्थागत गरी ५० वटा विद्यालयको सहभागिता रहने विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए ।
मकवानपुरको बकैयाँ गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा रहेको सामूदायिक तथा संस्थागत विद्यालयले कार्यक्रममा सहभागिता जनाउने उनले बताए । ‘स्क्राबल बोर्डमा खेलिने एक रोचक शब्द खेल हो ।’ विद्यालयका प्रिन्सिपल सुवेदीले भने –‘स्क्राबल खेलको लागि बालजागृति विद्यालयका छात्र प्रसिद्ध तिमिल्सनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतियोगिता खेलिसकेका छन् ।’
कार्यक्रममा सहभागिता जनाएका विद्यालयलाई स्क्राबल बोर्डपनि प्रदान गरिने उनले बताए । ‘कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममा सहभागिता जनाउन पाउने छन् । हरेक विद्यालयबाट ३ जना विद्यार्थी र एक जना शिक्षकको लागि पत्राचार गरिसकेको उनले बताए । कार्यक्रमको संयोजनक गरेका स्क्रयाबल क्लव मकवानपुरका जिल्ला संयोजक विवश जंग थापाले स्क्रयावल खेलको बारेमा जानकारी गराएका थिए । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कार्यक्रमको उद्घाटन गर्ने छिन् । कार्यक्रमको लागि करिव ३ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।







