हेटौंडा, नेकपा एमालेका संसदीय दलका सचेतक महेश बर्तौला सहित संसदको शिक्षा समितिमा एमालेका तर्फबाट सांसदहरुले विहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई आन्दोलनरत शिक्षकहरूसंग तत्काल वार्ता गरेर समाधान निकाल्न र बन्द भएका विद्यालयहरू खुलाउने वातावरण बनाउन आग्रह गरेका छन् ।
साथै शिक्षकहरूले गरिरहेको शान्तीपूर्ण आन्दोलन माथि प्रहरी द्वारा भइरहेको धरपकड, अवरोध र हस्तक्षेप प्रति एमालेको तर्फबाट चिन्ता व्यक्त गर्दै त्यस्तो व्यवहार नगर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
छलफलका क्रममा एमाले सचेतक बर्तौलाले शिक्षण पेशा असाध्यै सम्मानित र मर्यादित पेशा भएकोले यसै बमोजिम शिक्षक महासंघले उठाएका माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए । शिक्षा मन्त्री राईले छलफलका क्रममा बताएः क्रममा “तपाईहरूको सुझावलाई समेत ध्यान दिँदै अविलम्व विद्यालय खोल्ने वातावरण बनाउनेछु ।”







