सहकारीमा सुशासन आवश्यक : देवकोटा

हेटौंड, बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीमा सुशासन आवश्यक रहेको बताएका छन् । शनिबार साईराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभामा बोल्दै देवकोटाले सहकारीमा सुशासन नभए सहकारीले विशेष परिस्थितिको सामना भोग्नु पर्ने बताए ।

ADVERTISEMENT

‘बन्द सत्रमा सहकारीले गरेको कामको समिक्षा गर्नुपर्छ । आगामी वर्षको लागि सहकारीले नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्छ ।’ देवकोटाले भने –‘शेयर सदस्यले संस्थाबाट ऋण लिएर आर्थिक उपार्जनको लागि लगानी गरिरहेका छन् । शेयर सदस्यलाई आयआर्जनतर्फ आकर्षित गर्नुपर्दछ ।’

सबैभन्दा बढी समस्या ग्रस्त सहकारी बागमती प्रदेशको काठमाडौं उपत्यकामा रहेको र समस्या ग्रस्त सहकारीको नाम बागमती प्रदेशले सार्वजनिक गरिरहेको उनले बताए । साईराम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलले सहकारीले शेयर सदस्यलाई आय आर्जनतर्फ अग्रसर हुने खालको कार्य गर्नुपर्ने बताए । सहकारीको बचत तथा कर्जामा उत्कृष्ट कारोबार गर्ने, उत्कृष्ट बचत र ज्येष्ठ सदस्यलाई सहकारीको स्थापना दिवसका दिन पुरस्कृत गर्ने व्यवस्थापक राजकुमार तिमल्सिनाले जानकारी दिए ।

ADVERTISEMENT

२०७२ शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी २ करोड ६६ लाख ७९ हजार ४ सय रुपैयाँ, बचत निक्षेप २३ करोड ८९ लाख १६ हजार ७ सय ९७ रुपैयाँ रहेको छ । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका उपाध्यक्ष मिना चौरेल, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा.गणेश लामालगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya