बकैयामा बस दुर्घटना हुँदा १५ जना घाइत

हेटौंडा, मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रहरीका अनुसार हेटौँडा–धरान–चतरा सडकअन्तर्गत हेटौँडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरालोमा दुर्घटना भएको हो ।

पाँच जना गम्भीर घाइतेलाई एम्बुलेन्स र बाँकी घाइतेहरुलाई बसमा राखेर उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *