महोत्सवको लागि स्टल निर्माणको कार्य अन्तिम चरणमा

हेटौंडा, यही मंसिर १४ गतेदेखिबाट थाहानगरमा हुने चौथो थाहा महोत्सवको लागि स्टल निर्माणको कार्य अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुदैछ ।

ADVERTISEMENT

‘२ सय ५० वटा स्टल सञ्चालन गर्ने लक्ष्य लिएकोमा २ सय ३० वटा स्टल बुकिङ भइसक्यो ।’ थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले भने –‘लक्ष्य अनुरुप बुकिङ नहुन्जेलसम्म बुकिङ खुल्ला गरिरहन्छौँ ।’ महोत्सवमा स्टल बुकिङ गर्दा अग्रिम ५० प्रतिशत रकम भुक्तान गर्नुपर्ने आयोजकले जनाएको छ ।

यसैगरी १० दिनसम्म सञ्चालन हुने महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती पनि हुनेछ । अहिलेसम्म ४० जना राष्ट्रिय कलाकारसँग टुङ्गो लागिसकेको उनले जानकारी दिए । महोत्सवमा रोटे पिङ, मवतका कुवा, बाल उद्दानका सामाग्री, आकर्षण टिकटक स्टेज, ड्राइगन रेल लगायत राखिने मुल आयोजक समितिका थाहा नगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले बताए ।

महोत्सवको लागि आयोजकले प्रति व्यक्ति टिकट सय रुपैयाँ, विद्यार्थीलाई ७० रुपैयाँ र ७० वर्ष उमेर भन्दा माथिलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । गत असोज ३० गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहानगर उवासंघलाई आगामी मंसिर १४ देखि २५ सम्म थाहा महोत्सव गर्न अनुमति दिएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *