
जनताको दैनिकी हर दिन बिग्रेको छ
डकमा धुँवा र धुलो खेप्नु परेको छ
ट्राफिक प्रहरीको शास्त्री देखेर होला
दानवको हेलिकप्टरमा सवार छ
धन्यवाद डनवाद राजनीतिमा हावी छ
त्याग तपस्या योगदान जति नास्ती छ
दानवसँग सम्र्पण नसोधे हुन्छ
तैपनि नेपाली राजनीति चलिआएकै छ
मुलुकभित्र उत्पादकत् घटेको छ
मुलुकको भविष्य अन्धकार भएको छ
दानवको हत्या हिंसाले गर्दा खेरी
मुलुक वर्षौ वर्ष पछाडि धकेलिएको छ
भालुलाई पुराण सुनाउनु पर्दैन
त्यसले नीतिगत कुरा बुझ्दैन
भालुभन्दा निच कर्म गर्ने दानवले
दानवीय कर्म भन्दा अरु जान्दैन
न त्यसले बहुमत ल्याउन सक्छ
न त्यो सरकारमा नै पुग्न सक्छ
दानवलाई पाठ पढाउनु छैन
त्यसलाई टिपेर मिल्काई दिए हुन्छ
दौड प्रतियोगिता शुरु हुने भएको छ
त्यो नजिक भन्दा नजिक आएको छ
अब दानवको आयु धेरै दिन छैन
जनताले खुकुरीमा सांद लगाई सकेको छ
आफ्नो विरोधी जतिको हत्या गरेकोछ
अर्थ व्यवस्था जर जर पारेको छ
आर्थिक संकटबाट जोगाउनुको सट्टा
दानव जुको भै मुलुक चुसिरहेको छ
मुलुकमा चरम गरीवि समस्या छ
वेरोजगारीको आतङ्क मचिएको छ
संसारका अनगिन्ति मुलुकमा
नेपाली युवायुवती विदेशीनु परेको छ
समाजसेवाको नाउँमा पैसा कमाउने
पवित्र उद्देश्यको मुकुण्डो ओड्ने
दानवले त्यो व्यवसाय सम्झी
गम्भिर भै समर्पित सेवा नठान्ने
लुटेराले सधैँभरि लुटेर मात्र खान्छ
सर्वसाधारण जिवनभर लुटिनु पर्छ
स्वार्थको खेल दानवले खेल्ने हुँदा
राजनीतिमा सौदावाजी गर्न लागि
परेको छ
राजनीति चेत जति सबै हराएको छ
सबैकुरा छोडेर भ्रमको सिर्जना गर्छ
दानवलाई पासोमा पारी कुज्याएर
मुलुकलाई गतिदिन लागी पर्नु परेको छ
दानव हारे जनताको जीत हुन्छ
जनताले जसरी भएपनि जित्नै पर्छ
सर्व साधारणलाई सधैँ दलाएर त्यसैले
आफूले मात्र मस्ति मार्ने दाउ खोज्दै हिँड्छ








