थाहा आइडल एकल नृत्य प्रतियोगितामा टप ६ छनौट

हेटौंडा, थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्य प्रतियोगितामा आइतबार टप ६ छनौट गरिएको छ । छनौट हुनेमा अनिश लामा, सुहाना गोपाली, सोनिमा वाइवा, कृपा गोपाली, सन्ध्या थापा र विजय मगर रहेका छन् ।

आइतबार सुदिप विश्वकर्मा र अंशु घिमिरे प्रतियोगिताबाट बाहिरिएको प्रतियोगिताका संयोजक यादव जंग रायमाझीले जानकारी दिए । सोमबार टप ६ को अन्तिम प्रस्तुती रहने छ र भोटको नतिजाको आधारमा मङ्सिर २६ गते थाहा आइडल एकल नृत्य घोषणा गरिने रायमाझीले जानकारी दिए । ६ जना प्रस्तुतीको लागि सोमबार बेलुका सम्म भोट गर्न सकिने छ ।

थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको थाहा महोत्सवको समापन मङ्सिर २६ गते पुरस्कार वितरण गरिने उनले जानकारी दिए । प्रतियोगितामा निर्णायक एलिना राना मगर र बिजय श्याम अमात्य रहेका छन् । आइडलको उपाधि जित्नेले नगद ३० हजार रुपैयाँ, द्वितीय हुनेले नगद २० हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आइतबार कृषि, पर्यटन व्यापार मेला चौथो थाहा महोत्सवमा चर्चित गायिका ज्योति मगर, गायक महेश काफ्ले, भोजराज काफ्ले, राजा राजेन्द्र र अनिश दवाडीले प्रस्तुती दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button