१९८ जनाको आँखा परीक्षण, २२ जनामा मोतियाबिन्दु

हेटौंडा, मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा बिहीबार अयोजित आँखा परीक्षण शिविरमा एक सय ९८ जनाले परीक्षण गराएका छन् । बनकरिया, तामा, चेपाङलगायतका समुदायका आँखाका रोगीले आँखा परीक्षण गराएका थिए । हेटौंडा सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको हो ।

ADVERTISEMENT

रोटरी क्लब अफ मकवानपुर, रोट्रयाक्ट क्लब अफ हेटौंडाको समन्वयमा भएको आँखा परीक्षण सिबिरमा २२ जनामा मोतियाबिन्दुको रोगी फेला परेका छन् । मोतियाबिन्दु देखिएका २२ जनालाई शुक्रबार सामुदायिक आँखा अस्पताल हेटौंडामा निशुल्क सल्यक्रिया गर्ने तयारी भएको रोटरी क्लबका कार्यक्रम संयोजक उमाप्रसाद रौनियारले बताए । मोतियाबिन्दुका कारण आँखा देख्न नसक्ने भएका ग्रामीण क्षेत्रका बिपन्न बर्गका नागरिकलाई मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिदिने रौनियारले बताए ।

शिविरमा विद्यालयमा अध्ययनरत बालबालिकाले पनि आँखा परीक्षण गराएका थिए । रोटरीले क्लब मकवानपुरले जिल्लाका बिभिन्न ग्रामीण क्षेत्रमा निशुल्क आँखा परीक्षण सिबिर संचालन गर्दा मोतियाबिन्दुका रोगीको निशुल्क सल्यक्रिया गरेर सहयोग गरिरहेको रोटरी क्लवका निर्वाचित अध्यक्ष प्रकाश ढकालले बताए ।

पशुपतिनाथ माविमा संचालित आँखा परीक्षण शिबिरमा मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापा, मनहरी गाउँ कार्यपालिका सदस्य मीरा खत्री, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष माधब गौतम, रोटरी क्लब र रोट्रयाक्ट क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya