नृत्य प्रतियोगितामा दिपिका प्रथम

हेटौंडा, नेपाल विद्यार्थी संघ हेटौंडा क्याम्पस इकाई समितिले आयोजना गरेको नृत्य प्रतियोगितामा बिबिएस प्रथम वर्षमा अध्ययनरत छात्रा दिपिका थापा प्रथम हुन सफल भएकी छिन् ।

ADVERTISEMENT

२४ जनाले सहभागिता जनाएको प्रतियोगितामा कक्षा एघारकी नितिशा आले मगर द्वितीय, कक्षा एघारकी रोश्लिना ब्लोन तृतीय हुन सफल भए । प्रतियोगितमा विजयी भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । नेवि संघ, हेटौंडा क्याम्पसका इकाई सभापति युवराज विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख देविराम लामा, क्याम्पस संचालक समितीका सदस्य भुपेन्द्र कोइराला, क्याम्पस उप–प्रमुख बालकृष्ण शर्मा घिमिरे, रामु कडेलको आतिथ्यता रहेको थियो । विद्यार्थीहरुलाई पढाइका साथसाथै अतिरिक्त कृयाकलापमा सहभागी बनाई क्षमता पहिचान र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको सभापति विश्वकर्माले बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya