नवोदय विद्यालयको प्रधानाध्यापकमा मनोज थिङ

हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयको प्रिन्सिपलमा मनोज थिङ नियुक्त भएका छन् । बुधबार एक कार्यक्रमकाबीच विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशी, विद्यालयका निवर्तमान प्रधानाध्यापक शकुन्तला जोशीले थिङलाई प्रधानाध्यापक पदमा नियुक्त गरेका हुन् । प्रधानाध्यापक पदमा नियुक्त भएका थिङले नवोदय परिवारसँग सहकार्य गरी आफू अगाडि बढ्ने बताए ।

ADVERTISEMENT

विद्यालयले माध्यमिक तह शैक्षिक संयोजकमा मञ्चन तिवारी, प्राथमिक तह शैक्षिक संयोजकमा सचिता पाण्डे, कक्षा ९ र १० को संयोजकमा सिएम रिमाल, तालिम संयोजकमा नगेन्द्र कुमार नगरकोटी र प्रशासन प्रमुखमा सरद पाण्डेलाई नियुक्त गरेको छ । विद्यालयले निर्माण गरेको ‘भिजन, मिसन र भ्यालुज’ को पनि सार्वजनिक भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले समय सापेक्ष संस्था अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

काम गर्दा चुनौतीहरू धेरै आउँछन् र उक्त चुनौतीलाई सामना गर्दै अगाडि बढ्नुपर्ने उनले बताए । व्यवस्थापन टिम र सोच सकारात्मक राखे नतिजा राम्रो आउने उनको दावी थियो ।

विद्यालयका निर्देशक दीपेश जोशीले विद्यालयको मिसन, भिजन र भ्यालुजको बारेमा शिक्षकलाई जानकारी गराएका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा, नवोदय विद्यालयका शिक्षक, कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *