उमेर नपुगेका कारण ६ महिला खेलाडीले यू-१९ विश्वकप छनोट गुमाउने

काठमाडौं / उमेर नपुगेका कारण यू १९ विश्वकप छनोट खेल्न नेपालबाट ६ जना महिला खेलाडीले मलेसियामा हुने आसन्न यू-१९ विश्वकप छनोट खेल्नबाट वञ्चित हुने भएका छन् ।

ADVERTISEMENT

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु ज्योत्सनीका मरासीनी सहित ६ जना खेलाडीले प्रतियोगिता खेल्नबाट वञ्चित भएका हुन् । आईसीसीले यू-१५ खेलाडीका लागि गार्जियन कन्सेन्ट लेटर९परिवारको अनुमति पत्र० लिएर मात्र यू १५ खेलाडीलाई प्रशिक्षणमा राख्न पाइने नियम बनाए पछि सोही अनुसार उनीहरुलाई टिममा राखिएको थियो ।
प्रशिक्षणमा रहि रहेका उनीहरुलाई आइसीसीको उमेरको मापदण्दभित्र पर्न नसक्दा अन्तिम १८ बाट नै बन्द प्रशिक्षण बाहिर राखिएको हो ।

नेपाल क्रिकेट संघ ९क्यान०का म्यानेजर विनोद दास भन्छन्, ‘खेलाडीहरुको अनुभव पर्याप्त नभएको कारण यू १५ खेलाडी कसैलाई पनि यो प्रतियोगितामा समावेश गर्न नपाउने बताइयो ।’

यो पटकदेखि आइसीसीको नियम परिवर्तन भइ यू १५ खेलाडीले प्रतियोगिता खेल्न नपाउने नियमका अनुसार ६ खेलाडीलाई अन्तिम १४ को टिममा नराखिएको दासले जानकारी दिएका छन् ।क्यान अधिकारीका अनुसार बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुले सुरुमा आफ्नो उमेर बढी बताएका थिए । टिमको कागजी प्रक्रियाका लागि आधिकारिक प्रमाणपत्र मगाउँदा ६ जना खेलाडीको उमेर नपुगेको पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *