अन्तर विद्यालय क्रिकेट प्रतियोगिता : भुटनदेवी र नवोदय विजयी

हेटौंडा, हेटौंडाको हुप्राचौरमा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको मंगलबार भएको खेलमा भुटनदेवी माध्यमिक विद्यालय र नवोदय शिशु सदन विद्यालय विजयी भएको छ ।

ADVERTISEMENT

मंगलबार भएको पहिलो खेलमा तुल्सी मेहर मेमोरियल विद्यालयलाई ९ विकेटले पराजित गर्दै भुटनदेवी माध्यमिक विद्यालय विजयी भएको हो । ब्याटिङको लागि मैदान उत्रेको तुल्सी मेहरले १३ दशमलव २ ओभरमा अल आउट हुँदै ७१ रन बनायो । तुलसीका साहिल यादवले २१ रन बाहेक अरु खेलाडी जम्न सकेनन् । तुल्सीलाई सस्तैमा समेट्नको लागि भुटनदेवीका अमृत यादव र ओम प्रकाशले समान ३ विकेट लिन सफल भए ।

जवाफी ब्याटिङको लागि मैदान उत्रेको भुटनदेवीले १ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । भुटनदेवीका नशिम शेखले ४६ रन र नरेन्द्र अधिकारीले २१ रन बनाए । तुल्सी मेहरका विशाल शाहले १ विकेट लिए । प्रतियोगितामा भुटनदेवीका नरेन्द्र अधिकारी म्यान अफ द म्याच घोषित भए । मंगलबार भएको दोस्रो खेलमा जेनिथ इन्टरनेशनल विद्यालयलाई १०६ रनले पराजित गर्दै नवोदय शिशु सदन विद्यालय विजयी भएको छ । शुरुमा ब्याटिङ गरेको नवोदयले १५ ओभरमा ५ विकेटको नोक्सानी १६७
रनको सम्मानजनक रन बटुल्न सफल भयो । नवोदयका राज खतिवडा ५२ रन, अर्वात गुप्ताले ३२ रन बनाए । जेनिथका अनिश स्याङबो र आभास थापाले समान २ विकेट लिन सफल भए ।

जवाफी ब्याटिङमा मैदान उत्रेको जेनिथ विद्यालय १४ दशमलव ५ ओभरमा अल आउट हुँदै ६१ रनमै सिमित बन्यो । जेनिथलाई सस्तैमा समेट्नको लागि नवोदयका राज खतिवडा, रोनस उप्रेती र तेजस नेपालले समान ३ विकेट लिए । प्रतियोगितामा नवोदयका राज खतिवडा म्यान अफ द म्याच घोषित भए । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *