चैनपुर जेसीज मनहरीको शाखा पदाधिकारी तालिम

हेटौंडा, मकवानपुरको पश्चिमी क्षेत्रमा क्रियाशिल संस्था चैनपुर जेसीज मनहरीले शाखाका पदाधिकारीको लागि तालिमको आयोजना गरेको छ । शाखा पदाधिकारीको काम, कर्तव्य, अधिकारको विषयमा जानकारी गराउँदै थप सक्रिय बनाउने उद्देश्यले तालिमको आयोजना गरेको बताइएको छ ।

ADVERTISEMENT

पवन अर्यालको संयोजकत्व एवम् शाखा अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि उप्रेतीले जेसीजबाट राजनीतिक दल र अन्य सामाजिक संघसंस्थाले एक वर्ष, एक व्यक्ति, एक कार्यकालको विधि र आफ्नै खर्चबाट कार्यक्रम गर्ने विषयलाई अवलम्वन गर्नुपर्ने बताए । जेसीजसँगको सहकार्यमा युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै लागूऔषध दुव्र्यसनको विरुद्ध काम गर्न तयार रहेको उप्रेतीले बताए ।

तालिमलाई हेटौंडा जेसीज वर्ष सन् २०१५ का अध्यक्ष दीपकराज मिश्रले सहजीकरण गरेका थिए । तालिमको उद्घाटन समारोहमा प्रशिक्षक मिश्र, चैनपुर जेसीज मनहरीका निवर्तमान अध्यक्ष गणेशदर्पण अधिकारी, कार्यकारिणी उपाध्यक्ष महेश खुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सन् २०२२ मा स्थापना भएको यस जेसीजले मकवानपुरको पश्चिमी क्षेत्र मनहरी र राक्सिराङका युवाहरुलाई समेट्दै नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य गर्दै आएको छ । नयाँ शाखा भएकोले तालिमलाई विशेष प्राथमिकता दिइएको अध्यक्ष रविन ढकालले बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya