जेठ २५ गतेबाट कान्ति लोकपथ सडकखण्ड पूर्णरुपमा खुला रहने

हेटौंडा, यही जेठ २५ गतेबाट कान्तिलोकपथ सडक पूर्णरुपमा खुला हुने भएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले गत वैशाख २१ गतेबाट बन्द रहेको उक्त सडक पूर्णरुपमा सञ्चालनमा आउने भएको बताए ।

ADVERTISEMENT

उक्त सडक आज साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र बिहान ९ देखि १२ बजेसम्म खुल्ला हुनेछ भने आज दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडक बन्द हुने प्रवक्ता भण्डारीले बताए । ललितपुरको बागमती गाउँपालिका(२ रातोभिरस्थितमा सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो धेरै झरी सडक भासिएकाले बन्द रहेको उक्त सडक सडक पूर्णरुपमा बन्द भएको थियो । रासस

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya