टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको अध्यक्षमा पुनः अधिकारी

हेटौंडा, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको अध्यक्षमा पुनः ध्रुवप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको समितिको तेस्रो साधारणसभा तथा अधिवेशनबाट अधिकारी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

ADVERTISEMENT

अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय समिति निर्वाचित भएका छन् । बाँकी ६ जना सदस्य भने मनोनित हुने अध्यक्ष अधिकारीले जानकारी दिए । समितिको उपाध्यक्षहरुमा विष्णु प्रसाद ढुंगाना, शान्ति श्रेष्ठ, सति खड्का न्यौपाने, गंगा प्रसाद पौडेल, बेगम बराल चयन भएका छन् ।

यस्तै, महासचिवमा शिवहरि दाहाल, उपमहासचिवमा देव कुमार श्रेष्ठ, सचिवहरुमा पुण्यवती घिमिरे, सुशिला मल्ल, राजेन्द्र चौलागाई, हर्क राना लामा, चन्द्रावती पनेरु, कोषाध्यक्षमा गिता मैनाली र सहकोषाध्यक्षमा विरोध मुक्तान निर्वाचित भएका छन् । सदस्य भुगा्ेलतर्फ वडा नम्वर १ सुदर्शन पौडेल, वडा नं. ४ बाट उर्मिला राना मगर, वडा नं. ५ बाट पदमबहादुर बजगाई, वडा नम्वर ७ बाट लक्ष्मी अधिकारी, वडा नम्वर ८ बाट गोतामे मुक्तान, वडा नं. १० बाट ज्ञानी मानन्धर, वडा नम्वर १२ बाट सुनमाया दोङ, वडा नम्वर १४ बाट धनबहादुर मुक्तान, वडा नम्वर १५ बाट राजु श्रेष्ठ, वडा नं. १६ बाट सिङ बहादुर तामाङ, वडा नम्वर ७ बाट देवराज अधिकारी, वडा नम्वर १८ बाट लोकेन्द्र सुर्खेती र वडा नम्वर १९ बाट श्यामकुमार रिमाल चयन भएका छन् । यसैगरी भूगोलतर्फ भएको निर्वाचनबाट राजदेव बानियाँ, हिसाङ लामा, गोमा लामिछाने, ददुवश खतिवडा, शिवराज पुडासैनी र रामबहादुर वाइबा निर्वाचित भएका हुन् ।

यसैगरी भगोल महिला सदस्यतर्फ सरस्वती दाहाल र कमला दहाल, समावेशी सदस्यतर्फ किशन घिसिङ। नमराज राई, धनकुमारी विश्वकर्मा, डोल्मा स्याङबो निर्वाचि भएका छन् । यसैगरी भुगोल खुल्ला सदस्यतर्फ अन्जु पण्डित, माया पौडेल, सुमित्रा पाण्डे, सुरेश लामिछाने र बालकुमार श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको रहनेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *